काठमाडौं, ३१ साउन ।  संघीय संसदका दुई संयुक्त समितिमा सभापति चयन भएका छन्। बिहिबार राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा एमाले सांसद ठाकुरप्रसाद गैरे र संसदीय सुनुवाइ समिति सभापतिमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने सर्वसम्मत चयन भएका हुन्।

 

उनीहरुलाई बिहीबार नै सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ गराएका छन् । शपथपछि सभामुख घिमिरेले नवनिर्वाचित सभापतिलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए।

प्रतिक्रिया